Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन नौं सय विरामी लाभान्वित

एक्सन खबर
२४ माघ २०७८


रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट पहिलो दिन नौं सय विरामी लाभान्वित

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–९ पिङ्खुरीमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र खाँडादेवी गाउँपालिका ९ नं. वडा कार्यालयको सहकार्यमा मानेडाँडा माध्यमिक विद्यालयमा दुई दिने शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन ९५३ जना विरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा १९७ जनाको भिडियो एक्सरे, १८९ जनाको रक्त परीक्षण र ११३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ विरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि गत बर्षदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले यसबीचमा लाखौं विरामीको निःशुल्क उपचार गरिसकेको छ ।














0 प्रतिकृया