Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नेक सिपिएसमा एक दिने टाक्सिडर्मी सम्बन्धि कार्यशाला

एक्सन खबर
२४ माघ २०७८


नेक सिपिएसमा एक दिने टाक्सिडर्मी सम्बन्धि कार्यशाला

काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेज (नेक) सिपिएस एम एस्सी प्राकृतिक श्रोत व्यवस्थापन संकायको आयोजनामा एक दिने टाक्सिडर्मी सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जर्मनस्थित एर्फोर्ट प्राकृतिक संग्रहालयका टाक्सिडर्मी विशेषज्ञ मार्को फिस्चेरले टाक्सिडर्मीको बैज्ञानीक महत्वका बारेमा चर्चा गरे । उनले टाक्सिडर्मी एक संकलन मात्र नभइ कला र अनुसन्धान एव जैविक विविधता संरक्षण शिक्षाको निम्ती महत्वपूर्ण विधा रहेको पनि बताए ।



टाक्सिडर्मीको विभिन्न पक्षका साथै प्राकृतिक संग्रहालयले जैविक विविधता संरक्षण शिक्षा दिने योगदान बारे केन्द्रित उक्त कार्यशालामा नेक सिपिएस एम एस्सी प्राकृतिक श्रोत व्यवस्थापन संकायका संयोजक नारायणप्रसाद कोजुले कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा भौतिकरुपमा उपस्थित एव अनलाइन सहभागीहरुलाई अञ्जन सोडारीले स्वागत गरेका थिए । कलेजका प्राचार्य डा. हरिकृष्ण श्रेठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्राचार्य श्रेष्ठले नेकले यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने र आगामी दिनमा यस्तै प्रकारको तालिम एक गोष्ठीहरू गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भौतिक र अनलाइन गरेर नेक सिपिएस एम एस्सी प्राकृतिक श्रोत व्यवस्थापन संकाय, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका बिभिन्न क्याम्पसका बिद्यार्थी र प्राध्यापकहरुको सहभागिता रहेकाे थियो । 













0 प्रतिकृया