Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


आजभन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना

एक्सन खबर
२५ माघ २०७८


आजभन्दा भाेलिकाे माैसम खराब, यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाे छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पूर्वी तथा पश्चिम नेपालका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको आँकलन छ ।

बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ का पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।













0 प्रतिकृया