लागुऔषध सहित एक जना पक्राउ
एक्सन खबर
सुनसरी । सुनसरी कोशी गाउँपालिका ८ स्थित भण्टाबारी बजारबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका १२ का २९ बर्षीय धन कुमार विश्वकर्मा रहेका छन् ।
हिजो बेलुका ४ बजे सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई डायलक्स डिसी २ बोतल, स्पामाे प्राेक्सिवन प्लस ३२ ट्याब्लेट, निर्भेट–१० तीस ट्याब्लेट तथा निट्राेसन–१० पचास ट्याब्लेट सहित पक्राउ गरेको हो ।
पक्राउ परेका बिश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
0 प्रतिकृया