नदिले बगाएको रविन तामाङको शब फेला
एक्सन खबर
उदयपुर । पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका ४ का २७ बर्षीय रबिन तामाङको हिजो बेलुका ३ बजे शब फेला परेको छ । तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाऊपालिका ४ खांसाङ स्थित सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए ।
खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका १४ सुनकोशी नदिको किनारमा तामाङको लाश फेला परेको छ । कानुनी प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
0 प्रतिकृया