Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


स्वास्थ्यमन्त्री खतिवडाको एक सय दिनको प्रगति–खोप, खोप र खोप

एक्सन खबर
२८ माघ २०७८


स्वास्थ्यमन्त्री खतिवडाको एक सय दिनको प्रगति–खोप, खोप र खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको एक सय दिन पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र  कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको थियो,’ मन्त्री खतिवडाले भने ।

उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन् । आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फत निरन्तर आपूर्ति भैरहेको छ ।’

२०७७ माघ महिना देखि संचालित कोभिड–१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।

‘६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घ रोगि एवम् फ्रन्टलाइनर्सलाई लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ,’ मन्त्री खतिवडाले बताए ।













0 प्रतिकृया