नेपालबाट हङकङ उडानमा प्रतिबन्ध
एक्सन खबर
काठमाडौं । हङकङले नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएको भन्दै हङकङ सरकारले नेपालसहित ८ देशबाट आउने उडानमा ४ मार्चसम्म प्रतिबन्ध लगाएको हो ।
समाचार संस्था रोयटर्सका अनुसार नेपालसहित उडानमा प्रतिबन्ध लगाएका अन्य देशहरूमा संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स छन् । पछिल्लाे समय हङकङमा काेभिड संक्रमण बढ्दाे छ ।
0 प्रतिकृया