काेशी राजमार्गमा पर्ने दुहबि सडक क्षेत्रका अस्थाइ टहरा भत्काउन शुरु
एक्सन खबर
सुनसरी । दुहवी बजार क्षेत्रका टहरा भत्काउन शुरू गरिएकाे छ । रानी-बिराटनगर-दुहबी -धरान सडक बिस्तार आयोजनाले आजबाट कोशी राजमार्गमा पर्ने दुहबी सडक क्षेत्रको क्षेत्रफल भित्रका अस्थायी टहराहरु भत्काउन सुरु गरेको हाे ।
सडक बिस्तार आयोजनाले गत माघ १० गते १५ दिने अल्मेटम दिँदै राजमार्ग आसपासमा बनाइएका अस्थायी घर टहराहरु १५ दिन भित्रमा हटाउन भन्दै दुहबी नगरपालिकालाई पत्राचार गरेको थियो । त्यसपछि दुहबी नगरपालिकाले मातहतका वडा कार्यलयलाई समेत सहजीकरण गरिदिन पत्राचार गर्दै सुचना टाँस गरेर माइकिङ्ग गरेको थियो।
६२८ मि. बिल्डअप एरियाभित्र दायाँबायाँ १६.४६ मिटरभित्र सडकमा राखिएका पसल र छाप्रा समेत हटाउन भनिएकाेमा स्थानीयले अटेर गरेका थिए ।
गत माघ २५ गते दुहबी नगरपालिकाको मातहतका वडा कार्यलयका अध्यक्षहरू तथा सडक बिभाग सहितको टाेलीले मार्किङ गरिसकेको र बुढिखोलादेखि उत्तर ढकाल चौकसम्म र बिचमा ६२८ मि. बिल्डाप एरिया छोडेर दुहबी इनरुवा सडक मोडदेखि ७०० मिटर उत्तरसम्म ६ लेन सडक बिस्तारका लागि ठेक्का लागिसकेको बताउँदै बजारबासीलाइ सहयाेगकाे आग्रह समेत गरेका थिए।
पटकपटक अनुराेध गर्दासमेत अटेरगरि घरटहरा नहटाएपछि शनिबार शसस्त्र प्रहरी, जनपथ प्रहरी, सडक डिभिजन कर्मचारी तथा स्थानिय जनप्रतिनिधिहरूकाे समेत सहभागितामा डोजर लगाइएकाे हाे ।
विराटनगर–दुहवी–धरान सडक खण्डकाे दुहवी बजार क्षेत्र सांघुराे हुँदा दैनिक जसाे दुर्घटना समेत हुने गरेकाे थियाे । सडक फराकिलाे भएपछि दुर्घटना न्यूनिकरण हुने र बजार क्षेत्र फराकिलाे र सफा हुने बताइएकाे छ । तस्विर साैजन्यः अर्जुन खड्काकाे फेसवुकबाट
0 प्रतिकृया