Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


प्रधानन्यायधिशबिरुद्धको आन्दोलन १ सय ७ औं दिनमाः स्थगित आन्दोलन आजबाट

एक्सन खबर
१ फागुन २०७८


प्रधानन्यायधिशबिरुद्धको आन्दोलन १ सय ७ औं दिनमाः स्थगित आन्दोलन आजबाट

काठमाडौं । प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो  ।

‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लिलामणी पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसियसनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

बिगत १ सय ७ दिन देखी न्यायपालिकाको सुद्धीकरण र सुदृढीकरणको लागि न्यायधिस हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायधिशराणाको राजिनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।













0 प्रतिकृया