Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


यासोक बजारकाे आगलागीमा एक घर र पाँच वटा पसल जले

एक्सन खबर
१ फागुन २०७८


यासोक बजारकाे आगलागीमा एक घर र पाँच वटा पसल जले

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शनिवार साँझ भएको आगलागीमा एउटा घर र पाँच वटा पसल जलेर नष्ट भएका छन् ।

आगलागीमा यासोक बजारका झरेन्द्र खतिवडाको घर जलेर खरानी भएको छ । आगलागीमा अन्यका चार वटा पसलहरु जलेका छन् । कच्ची घरबाट सुरु भएको आगलागी उक्त घरसँगै अन्य पक्कि घरहरु रहेका कारण अन्यत्र फैलन नपाएको स्थानीयवासीले जनाएका छन् ।

फिदिम नगरपालिकाको बारुण यन्त्रको सहायतामा स्थानीयवासीले बेलुकी ९ बजे आगाे नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेकाे छैन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।













0 प्रतिकृया