‘नेताहरुको घर घर जानुपर्ने जरुरी छैन’ इश्वर पाेखरेल
एक्सन खबर
सुनसरी । स्थानीय तहकाे निर्वाचन घाेषणा भएसँगै नेकपा एमालेका नेता कार्यकर्ताहरूले आफुखुशी उम्मेदवार घोषणा गर्दै हिँडेकाे पाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आज इटहरीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले पालिका र वडामा कसलाई उम्मेदवार बनाउने भनेर स्थानीय पार्टी नेतृत्वले नै सबैको भावना बुझेर सिफारिश गर्ने र त्यही सिफारिशको आधारमा निर्णय हुने बताउँदै आफुखुसी उम्मेद्वार घाेषणा नगर्न भने ।
‘जथाभावी आफुखुसी उम्मेद्वार घाेषणा नगर्नुहाेस् । सिफारिश बाहेकको निर्णय हुँदैन, माथि नेताहरुको घर घर जानुपर्ने जरुरी छैन, नेता नेताको घरमा गएर मिलाई दिनु है भन्ने कोशिस नगर्नु होला ।’ पाेखरेलले भने ।
उनले स्थानीय तहमा निर्वाचित भएपछि जनप्रतिनिधिहरुले के काम गरे भनेर जनताले न्यायाधिश भएर मुल्यांकन गरिरहेको बताउँदै जनताले जनप्रतिनिधिहरुको लेखापरीक्षण गरिरहेको पनि बताए । उनले जनताकाे लेखापरीक्षणमा बेरुजु नहुने गरि खरो उत्रनुपर्ने बताए । ‘जनता न्यायाधिशजस्तो भएर हेरिराख्या छन् । जनताले हाम्रो लेखा परीक्षण गरिराख्या छ । लेखा परीक्षणमा खरो उत्रनु पर्यो, बेरुजु हुनु भएन ।’
0 प्रतिकृया