Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


प्रेम गरे ईश्वर प्रसन्न हुन्छन् !

एजेन्सी
२ फागुन २०७८


प्रेम गरे ईश्वर प्रसन्न हुन्छन् !

काठमाडौँ । नेपाली बृहत् शब्दकोश अनुसार ‘मोह-बस कसैप्रति हुने हार्दिकता युक्त अनुराग नै माया हो । जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति नै माया हो ।’ वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्जको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति, लीला नै माया हो ।

संसारमा यस्ता अमर प्रेमी छन् जो उपन्यासमा मात्रै सीमित भएपनि विश्वले अमर प्रेमीको रुपमा सम्मान गरेकाे छ । उदारहणका लागि-रोमियो जुलिएट, हीर-राँझा, लैला-मज्नु, मुना-मदन । जाे चोखोसाँचो मायाका अमर प्रेमीको प्रतिकका रुपमा विश्वभर प्रख्यात छन् ।

‘आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट मात्र माया गरेको हुन्छ ती व्यक्तिका लागि आजको दिन आफ्नो प्रेम प्रस्ताव राख्न अत्यन्त खास छ ।’ आजको दिन विशेष रुपमा प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनाको रुपमा मनाइन्छ ।

कुनै बेला इटलीको रोमनमा क्लाउडियस द्वीतिय नामक सम्राटले शासन गर्दथे । उनी अन्यन्त क्रुर, निरंकुश शासक थिए । उनी जवान युवाले विवाह गरेमा परिवार छाडेर युद्धमा जान तयार हुँदैनन् भन्ने सोच्दथे । जसकारण उनले युवालाई प्रेम, विवाह गर्न प्रतिबन्ध लगाएका थिए ।

भ्यालेन्टाइन सम्राट विरुद्धमा थिए, किनभने उनी प्रेममा विश्वास गर्दथे । माया प्रेम ईश्वरको वरदान हो, माया प्रेम गरे ईश्वर प्रसन्न हुन्छन् भन्ने धारणा राख्दथेँ । उनले राज्यका युवायुवतीलाई प्रेम गर्नु पाप होइन प्रेम गर्नुपर्छ भनेर प्रेमको परिभाषा दिँदै प्रेम गर्न उत्प्रेरित गर्थे । त्यति मात्र नभएर उनले जवान युवायुवतीको जोडी बनाएर विवाहसमेत सम्पन्न गराएका थिए । त्यो देखेर क्लाउडियस द्वीतिय क्रोधित भएर मृत्युदण्ड दिने फैसला गरे ।

राज्यको नियमको उल्लंघन गरेको आरोपमा ईपू् २७० फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो । 'प्रेम गर्नु पाप होइन, प्रेम गर्नुपर्छ, प्रेम ईश्वरले दिएको वरदान हो, प्रेम गरे, ईश्वर प्रसन्न हुन्छन्'  भन्ने प्रेम पूजारी  भ्यालेन्टाइनको सम्झनामा ‘भ्यालेन्टाइ डे’ मनाउन थालिएको हो । उनलाई  चिरञ्जिवी तुल्याए पनि सबै समक्ष अहिले पनि उनी अमर छन् ।

एक अर्कालाई मायाको चिनोको रुपमा विभिन्न उपहार दिएर आजको दिन विश्वभर उत्सवको रुपमा प्रेमीप्रेमीकाले उत्साहका साथ ‘भ्यालेन्टाइन डे’ मनाउँछन् ।

एजेन्सीहरुकाे सहयाेगमा













0 प्रतिकृया