Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


सभामुखले बोलाएको सर्वदलीय बैठक आज

एक्सन खबर
२ फागुन २०७८


सभामुखले बोलाएको सर्वदलीय बैठक आज

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज साेमबार सर्वदलीय बैठक बोलाएका छन् । बैठक सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसाे २ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको उनले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ ।

सर्वदलीय बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरू समेत बस्ने बताइएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि मुलुककाे राजनीति तरंगित भएकाे छ । प्रमुख प्रतिपक्षी एमालेले महाभियाेग प्रस्ताव षडयन्त्रकाे भूमरीबाट आएकाे भन्दै प्रतिवाद गर्ने भनिसकेकाे छ । एमाले संसदीय दलकाे बैठक पनि आज बस्दैछ ।













0 प्रतिकृया