आपत्ती जनक अडियो बाहिरियाे, मन्त्री पदबाट राजिनामा दिनु पर्ने माग
एक्सन खबर
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आपत्ती जनक अडियो बाहिर आएसँगै पुनः विवादमा तानिएका छन् । यसअघि पहिलाेपल्ट बनमन्त्री हुँदा अक्सिजन सिलिण्डरमा आफ्नाे फाेटाे टाँसेर विवादमा आएका थिए । मन्त्री आलेले अश्लिल शब्द बोलेको मुम्बइमा रहेका अडियो जगत ओलीले सार्वजनिक गरेका हुन् ।
अडियोमा मन्त्री आलेले जगत ओलीलाई अश्लिल शब्द बाेल्दै काट्ने धम्की समेत दिएका छन् । मन्त्री आलेलाई जगतले तस्करको आरोप लगाएका छन् । युवकले यस्तो बताएपछि मन्त्री आले थप आक्रोसित हुँदै अश्लील गाली गलौजमा उत्रिएका छन् । अडियाेमा मन्त्रीले ‘माँ..... तँलाई त्यहिँबाट उठाउँछु, कुन ठाउँमा छस् भन्त ?’ भन्दै आमचकारी गाली दिएका छन् । जगतले आलेलाई पनि आमचकारी गाली गर्दै तस्करी गर्दा ९ महिना जेल बसेकाे आराेप पनि लगाएका छन् ।
तर मन्त्री आलेको सचिवालयले भने मन्त्री हुनु अगाडीकाे विषयलाइ लिएर तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै आपत्ति जनाएको छ । निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्। उनले अडियाे भने मन्त्रीकै भएकाे स्वीकार गरेका छन् ।
सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह छ ।
मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओलीको नामबाट निरन्तररूपमा ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको छ।
मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह समेत गरिएको छ। नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ।
मन्त्री आलेकाे अडियाे फेसवुक, ट्विटर, टिकटकमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनले राजिनामा दिनुपर्ने माग बढेकाे छ । अधिकांशले सार्वजनिक पद धारण गरेकाे व्यक्तिले याे हदसम्म गएर गाली गलाैज गर्न नहुने भन्दै नैतिकताका आधारमा मन्त्री मन्त्री आलेले राजिनामा दिनुपर्ने बताइरहेका छन् ।
0 प्रतिकृया