Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


एसपी यादवको जिल्ला आगमन सँगै धमाधम फरार अभियुक्त पक्राउ पर्न थाले

एक्सन खबर
९ फागुन २०७८


एसपी यादवको जिल्ला आगमन सँगै धमाधम फरार अभियुक्त पक्राउ पर्न थाले

रबिन्द्र यादव

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा बिभिन्न मुद्धामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्धाका १३ जना फरार अभियुक्तलाई ईलाका प्रहरी कार्यालय अमानीगंजले पक्राउ गरेको हो । यसैगरी सरावल गाउँपालिकका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दामा ४ जना,कुटपिट अंगभंग मुद्दामा २ जना र लागु औषध गाजा चरेस मुद्दामा १ जनालाई प्रहरी चौकी भुजहवाले पक्राऊ गरेको हो ।

१९ हजार २ सय ८० रुपैयाँ  जरिवाना रहेको २० जना फरार अभियुक्तहरुलाई आवश्यक रूपान्तर कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कार्यवाही अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हासम्म बिभिन्न मुद्धाका १४२ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कार्यवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी प्रेम बहादुर शाहीले बताए ।

एसपी मनोज कुमार यादव असार २८ गते आएदेखि जिल्ला मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी पोष्ट र बिटहरुलाई कडा निर्देशन अनुसार भन्सार छलि अवैध सरसमान ओसारपसार नियन्त्रण, चोरी तस्करीबाट राजस्व चुहावट नियन्त्रण, अदालतबाट फरार अभियुक्तहरुलाई पक्राउ गर्न कडा निर्देशन दिएको प्रहरी स्रोतको भनाइ छ ।













0 प्रतिकृया