शशांक कोइरालाका ‘दाता’ दीपक खड्काद्वारा स्काउटको कार्यालय तोडफोड (भिडिओ सहित)
एक्सन खबर
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाका ‘दाता’ भनेर परिचित पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटको कार्यालयमा तोडफोड गरेका छन् । बर्षौंदेखि लैनचौरस्थित नेपाल स्काउटको जग्गा कब्जा गरेर होटल तथा रेष्टुरेन्ट चलाउँदै आएका खड्काले आज मंगलबार स्काउटको केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् ।
दुई दर्जन बढीको संख्यामा आएको खड्काको समुहले नेपाल स्काउटको कार्यालयका सामग्री तोडफोड गर्दै कर्मचारीमाथि समेत आक्रमण गरेका छन् । कार्यालयका कम्प्युटर, प्रिन्टर तथा नेमप्लेटहरु समेत तोडफोड गरेको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
खड्काको खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले नेपाल स्काउटको लौनचौरमा रहेको जग्गा तथा सटर भाडामा लिएपनि वर्षौंदेखि भाडा तिरेको छैन । साँढे तीन करोड भन्दा बढी भाडा स्काउटलाई तिर्न बाँकी रहेपनि खड्काले राजनीतिक आवरणमा उक्त रकम नतिरेको स्काउट संयोजक भण्डारीले बताए ।
स्काउटको जग्गा जबरजस्ती कब्जा गरेर अवैध संरचना निर्माण गर्न थालेपछि त्यसलाई रोक्न खोज्दा स्काउटका कर्मचारीमाथि आक्रमण भएको भण्डारीको भनाई छ । ‘खड्काल्याण्ड डेभलपमेण्ट कम्पनी पूर्वमन्त्री दीपक खड्काको हो । उहाँलाई बारम्बार भाडा बुझाउन ताकेता गरेपनि अटेर गर्नुभएको थियो । सोमबार साँझ सोहि विषयमा उहाँ र उहाँको समुहसँग विवाद पनि भएको थियो । आज दिउसो सोमबार आएका केही व्यक्तिहरु समेतले कार्यालय तोडफोड गर्दै हाम्रा कर्मचारीमाथि पनि आक्रमण गरे ।’ भण्डारीले पत्रकार सम्मेलनमा भने ।
खड्काको समुहले स्काउटको कार्यालयबाट सामानहरु समेत लुटपाट गरेको भण्डारीको जिकीर छ । खड्काल्याण्ड प्रा.लि.ले स्काउटको जग्गामा अवैध संरचना निर्माण गर्न थालेपछि त्यसलाई रोक्न खोज्दा कर्मचारीमाथि आक्रमण गरेको स्काउटको भनाई छ । नेपाल स्काउटको जग्गा तथा सटर भाडामा लिएको उक्त कम्पनीले साढे ३ करोड रुपैयाभन्दा बढी भाडा रकम तिरेको छैन ।
‘नेपाल स्काउट प्रधान कार्यालय लैनचौरको स्वामित्तमा रहेको जग्गा र
व्यवसायिक भवनहरु नियम अनुसार विभिन्न मितिमा खड्काल्याण्ड डेभलपमेण्ट
प्रा.लि. लाई भाडामा दिइएको छ । तर, खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले
करिब तीन वर्षदेखिको ३ करोड १७ लाख ८ हजार नौ सय रुपैंया भाडा नेपाल
स्काउटलाई तिरेको छैन । पटकपटक लिखित र मौखिक रुपमा आग्रह गर्दापनि भाडा
तिर्नुको साटो उल्टै करारमा उल्लेख नै नभएका जग्गाहरु कब्जा गर्ने र
अबैधानिक रुपमा संरचनाहरु बनाउने लगायतका कार्यहरु गर्दै आइरहेको छ ।’
स्काउटले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कबोल गरेको भाडा पनि
नतिरी उल्टै स्काउटको पार्किङ एरियामा संरचना बनाएर भाडा लगाउन थालेको
पाइएपछि स्काउटले आपत्ति जनाएको थियो । सोमबार साँझ खड्काकै नेतृत्वमा एक
दर्जनबढी केटाहरु गएर स्काउटका कर्मचारीलाई आक्रमण गरेको भिडियो खिच्दा
केही व्यक्तिले रोकेका थिए । मंगलबार दिउँसो दुई दर्जनको हाराहारीमा
केटाहरु छिरेर कार्यालयको प्रिन्टर, कम्युटर, नेम प्लेट लगायतका सामानहरु
तोडफोड गरी एक थान ल्यापटप समेत चोरेको स्काउटको कार्यालयमा जडित
सीसीटिभीमा देखिएको छ ।
नेपाल स्काउटका निर्देशक रामप्रसाद
भट्टराईले सोमबार खड्कासँग भाडा नतिरेको विषयमा विवाद भएको बताउँदै सोहि
विषयलाई लिएर खड्काले केटाहरु प्रयोग गरेर कार्यालय तोडफोड र कर्मचारीमाथि
आक्रमण गरेको बताए । खड्काको कम्पनीले स्काउटसँग भएको सम्झौता विपरित जग्गा
कब्जा गर्दै भौतिक संरचनाहरु बनाएकोमा स्काउटले पटकपटक अवैधानिक संरचना
हटाउन भनेको थियो । तर, कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाको आड पाएर
खड्काले मनोमानी गर्दै आएका छन् ।
पूर्वमन्त्री दीपक खड्काले वीपी
पुत्र शशांक कोइरालाको आडमा पटकपटक गुण्डागर्दी गर्दै आइरहेका छन् ।
डेढवर्ष अगाडी दीपक खड्काले नै चलाएको गाडीले किचेर त्रिवि शिक्षण अस्पताल
अगाडीको जेब्रा क्रसिङमा एक महिलाको ज्यान गएकोमा पछि नक्कली ड्राइभर खडा
गरेर घटना मिलाइएको थियो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण
अस्पतालको मुल सडक खण्डको जेब्रा क्रसिङमा २०७७ साल असोज ७ गते अपरान्ह
खड्काले चलाएको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले बुढानिलकण्ठ ६ की अनुपा
पाण्डे कार्कीलाई ठक्कर दिँदा मृत्यु भएको किटानी जाहेरी भएपनि प्रहरीकै
मिलेमतोमा नक्कली ड्राइभर खडा गरेर केस मिलाइएको थियो ।
0 प्रतिकृया