रहेनन् कलाकार जयनन्द लामा
एक्सन खबर
काठमाडाैं । वरिष्ठ लोकगायक, कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाकाे आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएकाे छ ।
उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । पाँच दशकअघि गायन यात्रा सुरू गरेका लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।
लामाले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला ‘हल्का रमाइलो’मा उनले अभिनय गर्दै आएका थिए । लामाकाे ‘चुइँचुइँ चुइँकाने जुत्ता, हेर्दामा राम्राे, कलकत्ते काइँयाे, मुलाकाे चाना लगायतका दर्जनाै गीतहरू लाेकप्रिय रहेका छन् ।
0 प्रतिकृया