Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरवाट ७६५ विरामी लाभान्वित

एक्सन खबर
फागुन, १३, २०७८


नख्खुमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरवाट ७६५ विरामी लाभान्वित

ललितपुर । ललितपुर महानगरपालिका–४ स्थित नख्खुमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र सफल हार्ट एण्ड डाइबेटिक सेन्टर नख्खु, बागडोलको सहकार्यमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ७६५ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ११३ जनाको रक्त परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै २१ जनाको दाँत निकालिएको छ ।

केएमसीले बुधबार नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ११०३ जना बिरामीको उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीब्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।














0 प्रतिकृया