५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ
एक्सन खबर
रबिन्द्र यादव
नवलपरासी । नवलपरासी पश्चिममा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका बस्ने २१ वर्षीय एक युवकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
युवकले ती बालिकालाई मगंलबार अन्दाजी ९ बजे राति बिहेको कार्यक्रममा चकलेट दिने प्रलोभनमा पारि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले ती युवकलाई पक्राउ गरेको हो ।
मुलकी अपराध संहिताको परिच्छेद १८ अन्तर्गत जबर्जस्तीकरणी कसुरमा अदालतबाट ७ दिनको म्याद थपगरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए ।
0 प्रतिकृया