Follow us:


Follow us

३० जेठ २०८३, शनिवार
३० जेठ २०८३, शनिवार


खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा ७७ लाख जम्मा

एक्सन खबर
फागुन, १४, २०७८


खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा ७७ लाख जम्मा

खोटाङ । खोटाङको त्रिधार्मिक स्थल हलेसी मन्दिरबाट तीन आर्थिक वर्षभित्र ७७ लाख ६ हजार ४३८ रुपैयाँ जम्मा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिरबाट आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा १ करोड ९२ लाख ३७ हजार ४८८ आय र १ करोड १५ लाख ३१ हजार ५० व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसी मन्दिरमा आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ आय र ४२ लाख ४२ हजार ३५० व्यय, आर्थिक वर्ष २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ आय र ४० लाख ६२ हजार ५२१ व्यय तथा आर्थिक वर्ष २०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय र ४२ लाख २६ हजार १७९ व्यय भएको छ । भेटी बापत जम्मा भएको रकम हलेसी मन्दिर व्यवस्थापन समितिको माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको खातामा मौज्दात रहेको जानकारी दिइएको छ ।

यस्तै, हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदी भने हालसम्म सुरक्षित राखिएको छ । हलेसी सूचना केन्द्रका अनुसार भारु १ लाख ८८ हजार ६३८, अमेरिकी डलर ९४, सिंगापुर डलर १०, भुटानी १ हजार २७१, हङकङ डलर २०, कतारी रियल २ र चाइनिज ऐन १४३ जम्मा भएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा चाँदी ५१.२८ तोला र सुन ०.२१ तोला (टिका), आर्थिक वर्ष २०७६/०७७ मा चाँदी २६.९९७ तोला, सुन १ तोला (औंठी), सुनको टिका ०.२७२ तोला तथा आर्थिक वर्ष २०७७/०७८ मा चाँदी १ केजी (बुनिया काँचो चाँदी), चाँदी ६६४.५७ ग्राम र सुन २१.२२ ग्राम (१ तोलाको सिक्री सहित) चढाइएका छन् ।

हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ ।













0 प्रतिकृया