जिफन्ट सपोर्ट ग्रुप कतारको महासचिवमा अन्सारी निर्विरोध
एक्सन खबर
काठमाडौं । नेकपा एमालेको भातृ संगठन नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सपोर्ट ग्रुप) कतारको पाँचौं अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । शेषराज तिमिल्सिनाको अध्यक्षतामा गठित समितिको महासचिवमा सुनसरीबााट केही समय अगाडी मात्रै कतार पुगेका इन्जिनियर सद्दाम अन्सारी निर्विरोध भएका छन् ।
हिजो शुक्रबार सम्पन्न पाँचौं अधिवेशनले सुनसरीबाट कतार पुगेका युवा इन्जिनियर अन्सारीलाई महासचिवमा निर्विरोध चयन गरेको हो ।
सो अवसरमा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख अतिथिकोरूपमा भर्चुअल माध्यमबाट बोल्दै श्रमिक संघले प्रवासमा रहेका मजदुरहरुको अधिकार सुनिश्चित गर्न हङकङ,कोरियादेखि सुरु गरिएको सङ्गठन बिस्तार गर्दै सन् २०११ मा कतार हुँदै अहिलेसम्म बिश्वका २१ देशमा फैलिएको बताए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोखरेलले प्रवासमा रहेर यहाँका कानुन, संस्कृतिलाई पालना गरि मा गर्दा जुन पार्टीमा आबद्ध रहेपनि उक्त पार्टीलाई श्रमजिवि मैत्री बनाउन सक्नुपर्ने बताए ।
कार्यक्रममा जिफन्ट कतारका सल्लाहकार प्रभात त्रिपाठी, जिफन्ट सहयोग समूह कतारका संस्थापक अध्यक्ष विश्व नेपाल, जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलि, जनप्रगतिशील मञ्च कतार रास्ट्रिय कमिटी सचिव उत्तर बहादुर रोकाय, एन आरएनए कतार उपाध्यक्ष प्रेम चलाउने, पिएन सिसि कतार प्रतिनिधि हमिद खान लगायतले बोलेका थिए ।
पाचौं अधिबेशनले अध्यक्षमा तिमल्सिनासँगै उपाध्यक्षमा खेमराज सुबेदी, द्वितिय उपाध्यक्षमा समुन्द्र खड्का, महिला उपाध्यक्षमा मन्जु गुरुङ लाइ चयन गरेको छ । भने, महासचिवमा सुनसरी बर्जुका सद्दाम हुसेन अन्सारी चयन भएका छन् । यस्तै सचिवहरूमा लोकबहादुर थापा, बिन्दा लामा, नवराज साही चयन भएका छन् ।
सदस्यहरुमा बिष्णुबहादुर सार्की, रामजी खड्का, अम्बिका सुब्बा, लक्ष्मी परियार, गिरिप्रसाद दर्लामी, बिजय कुमार, लोक बहादुर जोगि, सोबित बहादुर बिश्वकर्मा रहेका छन् ।
0 प्रतिकृया