Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


महाशिवरात्रीको अवसरमा केएमसीले पशुपतिमा गरेकाे निःशुल्क स्वास्थ्य शिविरबाट ७९३ जना लाभान्वित

एक्सन खबर
फागुन, १७, २०७८


महाशिवरात्रीको अवसरमा केएमसीले पशुपतिमा गरेकाे निःशुल्क स्वास्थ्य शिविरबाट  ७९३ जना लाभान्वित

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको पशुपती मन्दिर क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिवरात्रीको अवसरमा आउँने भक्तजनहरुलाई लक्षित गर्दै केएमसीले पाशुपत क्षेत्रमै टेन्ट टाँगेर शिविर सञ्चालन गरेको हो ।

पशुपति क्षेत्रमा आएका सयौं भक्तजनले शिविरबाट निःशुल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । भक्तजनहरु ब्रतका लागि खाली पेट भएकाले उनीहरुमा रिगंटा लाग्ने, टाउको दुख्ने र रक्तचापको समस्या बढी पाइएको चिकित्सकहरुले बताएका छन् । दिनभर सञ्चालन भएको शिविरमा ७९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।



शिविरमा ११६ जनाको रक्त परीक्षण र ९५ जनाको इसीजी पनि गरिएको छ । विरामीहरुको स्वास्थ्य परीक्षण गरेर केएमसीले औषधि पनि निःशुल्क वितरण गरेको छ । स्वास्थ्य परीक्षणका लागि १५ जना डाक्टरहरुको टोली शिविरमा खटिएको थियो ।

पूर्वी नेपालको प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले गतबर्षदेखि केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । डा.शर्माले अध्यक्षको जिम्मेवारी सम्हालेदेखिनै केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर हजारौं विरामीको निःशुल्क उपचार गरिसकेको छ ।













0 प्रतिकृया