Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त, आकाशमा मात्रै १७ फन्का

एक्सन खबर
फागुन, १९, २०७८


क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त, आकाशमा मात्रै १७ फन्का

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूकाे विचल्ली भएकाे छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् क्यालिब्रेशन फ्लाइटका कारण उडान अस्तव्यस्त हुँदा विमानस्थलमा यात्रुहरू लामाे समयदेखि वेटिङमा बस्नु परेकाे छ ।

क्यालिब्रेशन फ्लाइटका कारण धेरै जहाज आकाशमै होल्ड भएका छन् । भने, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने अधिकांश जहाज आकाशमै घुमिरहेका छन् । कतार एअरवेजको एउटा जहाजले १७ पटकभन्दा धेरै आकाशमा फन्का लगाएको छ । भारतबाट आएको विस्तारा एअरलाइन्सको जहाजले पनि फन्का लगाएको छ ।

केही आन्तरिक जहाज घुुमिरहेका छन् भने केही डाइभर्ट भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान विथाेलिँदा यात्रुहरू मर्कामा परेका छन् । काठमाडाैंबाट बाहिर जाने तथा काठमाडाैं भित्रने जहाजहरू समयमा नउड्दा यात्रुहरूले हैरानी व्यहाेरेका छन् । कतिपय एयरलायन्सहरूले बाेर्डिङ गरेर पनि यात्रुहरूलाइ बाहिर निकाल्ने तथा पुनः बाेर्डिङ गराउने गरिरहेका छन् ।













0 प्रतिकृया