Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपाद्वारा आन्दोलन गर्ने निर्णय

एक्सन खबर
फागुन, १९, २०७८


राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपाद्वारा आन्दोलन गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

आन्दोलन तयारीका लागि महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा समिति गठन गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, ‘राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार विरुद्ध र जनजीविकाको सवालमा जनसङ्घर्ष गर्न महामन्त्री डा. धवलशम्शेर राणाको संयोजकत्वमा आन्दोलन तयारी समिति गठन गर्ने निर्णय गरिएको छ ।’

यस्तै बैठकले आइतबार संसदबाट पारित भएको एमसीसीको व्याख्यात्मक घोषणा यसको अङ्ग नभएको भन्दै बिरोध गरेको छ । जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष रहेको उल्लेख छ । एमसीसी यथास्थितिमा पारित गरिनु हुँदैनथ्यो भन्ने राप्रपाको अडान कायम रहेको विज्ञप्तिमा जनाइएको छ ।

राप्रपाको कार्यसमिति बैठकमा निवर्तमान अध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए । बैठकले अध्यक्ष राजेन्द्र लिङदेनद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।













0 प्रतिकृया