Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा एघार सय बिरामीको उपचार

एक्सन खबर
फागुन, २०, २०७८


पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरमा एघार सय बिरामीको उपचार

काभ्रे । काभ्रेको पनौती नगरपालिका–६ नमोबुद्धरोडमा बिहीवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र ज्योती मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौतीको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

सहकारी संस्थाको भवनमा गरिएको शिविरमा १११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १९७ जनाको रक्त परीक्षण, १२१ जनाको इसीजी र ९३ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका २३ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । यसबाट हजारौं बिरामी लाभान्वित भएका छन् ।














0 प्रतिकृया