श्रीदेवी कपुर जाह्नवीलाई डाक्टर बनाउन चाहन्थिन्
एक्सन खबर
काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार मार्च ६ मा आफ्नो जन्मदिन मनाउँदैछिन् । फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालेकी जाह्नवीले त्यसपछि एकाध फिल्ममा अभिनय गरिन् ।
सामाजिक सञ्जालमा जाह्नवीको राम्रो फ्यान फलोइङ छ । उनको सरलपन र बोल्डनेस दुवैले उनका फ्यान प्रभावित छन् । जाह्नवी बलिउडमा आमा जस्तै सुपरस्टार बन्न चाहन्थिइन् । तर, श्रीदेवी छोरीलाई अभिनयमा भन्दा पनि डाक्टर बनेको हेर्न चाहन्थिइन् ।
जाह्नवीका पिता बोनी कपूरले कहिल्यै पनि छोरीका सपनालाई रोक्ने काम गरेनन् । तर, आमा श्रीदेवी भने छोरीले फिल्मलाई भन्दा पनि पढाईलाई ध्यान दिउन् भन्ने चाहन्थिइन् । श्रीदेवीको चाहना छोरीलाई एउटा असल डाक्टर बनेको हेर्ने थियो ।
तर, जाह्नवी भने आमा श्रीदेवीको जस्तै कैयौं सुपरहिट फिल्म दिएर बलिउडको सुपरस्टार बन्ने सपना थियो । यो उनको बाल्यकालदेखि कै सपना र चाहना थियो । जाह्नवीले ‘धडक’बाट अभिनयमा पाइला चाले पनि त्यो अभिनय उनकी आमाले हेर्न पाइनन् । किनकी फिल्म रिलिजअघि नै श्रीदेवीको निधन भएको थियो ।
जाह्नवीले डेब्यू फिल्मबाटै बेस्ट डेब्यू अवार्ड पाएर बलिउडमा चर्चामा छाएकी थिइन् । त्यसपछि रिलिज भएकाे घाेस्ट स्टाेरिज र गुञ्जन सक्सेना, रूहिले जाह्नवीलाइ चर्चामा नल्याए पनि याे वर्ष उनले दाेस्ताना २ बाट सफलता पाउने संभावना देखिएकाे छ ।
0 प्रतिकृया