प्रेस चाैतारी नेपाल द्वारा प्रदेश, उपत्यका, प्रतिष्ठान र एशाेसिएट कमिटी गठन
एक्सन खबर
काठमाडाैं । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेकाे छ । चाैतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशाेसियटमा कमिटी चयन गरेकाे हाे ।
प्रदेश १ मा अविजाल विष्टकाे नेतृत्वमा नयाँ कमिटी गठन भएकाे छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन भएका छन् । बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी, कर्णालीमा प्रकाश अधिकारी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।
उपत्यका प्रदेशमा विष्णु आचार्यकाे नेतृत्वमा कमिटी चयन भएकाे छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।
0 प्रतिकृया