Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


शिशी समुह नेक हल्ट प्राइजको विजेता हुँदै रिजनलमा

एक्सन खबर
फागुन, २२, २०७८


शिशी समुह नेक हल्ट प्राइजको विजेता हुँदै रिजनलमा

नेपाल इन्जिनियरिङ कलेज (नेक) को हल्ट प्राइज २०२१/२२ को विजेता शिशी टीम भएको छ । अमेरिका वेस रहेको नेक हल्ट प्राइजको कलेज संस्करणमा शिशी समुहले दालचिनीलाई कसरी बजारीकरण गर्ने सम्बन्धी विजनेश प्लान तयार पारेको थियो ।

हाल नेपालमा उत्पादन भइरहेको दालचिनीलाई बाहिर पठाएर त्यसलाई पाउडर बनाएर पुनः नेपाली बजारमै विक्रिका लागि ल्याउने गरीएकोमा शिशी समुहले नेपालमै त्यसलाई कसरी पाउडर बनाएर विक्रि गर्न सकिन्छ भन्ने विजनेश प्लान तयार गरेको हल्ट प्राइजकी कलेज निर्देशक टानिया लामिछानेले बताइन् ।

‘अहिले बजारमा दालचिनीको जुन पाउडर पाइन्छ त्यो नेपालबाटै बाहिर गएर पाउडर बनेर पुनः आउँदो रहेछ । शिशी समुहले त्यसलाई नेपालमै पाउडर बनाएर कसरी बजारीकरण गर्न सकिन्छ भन्ने विजनेश प्लान तयार पारेको थियो ।’ निर्देशक लामिछानेले भनिन् ।

कलेज विजेता शिशी समुह अब रिजनल अर्थात राष्ट्रिय प्रतिष्पर्धाको लागि छनौट भएको छ । राष्ट्रिय प्रतिष्पर्धामा पनि विजेता भएपछि हल्टप्राइजको अन्तराष्ट्रिय स्पर्धामा सहभागी हुन पाइनेछ । वान मिलियन डलर पुरस्कार राशी भएको हल्ट प्राइजमा नेपालबाट विभिन्न कलेजहरुले भाग लिने गरेका छन् ।

त्यस्तै हल्ट प्राइजको फस्ट रनरअप भएको ड्रक स्वाड समुहले सडक पिच गर्दा प्रयोग हुने विटुमिनमा १० प्रतिशत प्लाष्टिक प्रयोग गरेर सडक निर्माण गर्न सकिने प्लान तयार पारेको थियो । विटुमिनमा १० प्रतिशत प्लाष्टिक प्रयोग गर्दा सडक निर्माणको लागत कम हुने मात्र हैन, सडक बलियो पनि हुने भएकोले त्यसलाई कसरी व्यवसायिकरण गर्ने प्लान थियो ।



हल्ट प्राइजको सेकेण्ड रनरअपले कुहिने र नकुहिने फोहर सम्बन्धी विजनेश प्लान पेश गरेको थियो । भने, अन्य समुहहरुले नेपाली हस्तकलाका सामग्रीहरुको बजारीकरणका प्लानहरु प्रस्तुत गरेका थिए । उनीहरुलाई केही दिनमा पुरस्कार वितरण समारोह नै गरेर पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

नेक हल्ट प्राइजको यसपल्टको संस्करणमा ११ टीमले अनलाइन मार्फत आ–आफ्नो विजनेश प्लानहरु प्रस्तुत गरेका थिए । प्रतिष्पर्धाको फाइनल राउण्डमा अमिगोस्, आर।एल्।टु।एस्।, पि।एस्।थ्रि।, ड्रक)स्क्वाड, शिशीस्, वान् स्टेप इकों, ब्लेज, शटरकन, अप्पन बजार, वाइल्ड आइड र टीम कर्पोरेट क्र्याडल सहभागी रहेका थिए। सहभागी टिमले नेपाली वास्तुकलाको व्यवसायदेखि सिभिल इन्जिनियरिङको क्षेत्रमा निर्माणका आधुनिक प्रविधिहरू र फोहोर व्यवस्थापनसम्मका आ–आफ्नो व्यवसायिक योजना र मोडेलहरूको प्रस्तुती दिएका थिए।

हल्ट प्राइजको निर्णायक मण्डलमा जवडायनामिकडटकमका निर्देशक प्रयास राजोपाध्याय शक्ति मिलन नेपाल की संस्थापिका प्रकृति मैनाली र द्रोनेपालका सह-संस्थापक अध्यक्ष दर्पण पुडासैनी रहेका थिए ।

यस वर्ष विद्यार्थी टोलीलाई आगामी दुई वर्षभित्र २ हजार युवालाई अर्थपूर्ण काम उपलब्ध गराउन सक्ने उद्यमको निर्माण गर्नुपर्ने आधारशिला राखिएको थियो। कलेजको ६ भन्दा बढी संकायबाट थुप्रै विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।













0 प्रतिकृया