Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


धरानकाे हाेटलमा महिलाकाे हत्या गर्ने सार्वजनिक

एक्सन खबर


धरानकाे हाेटलमा महिलाकाे हत्या गर्ने सार्वजनिक

धरान। सुनसरीको धरानस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा महिलाको हत्या गरी फरार रहेका पुरुषलाई प्रहरीले सार्वजनिक गरेकाे छ । इलाका प्रहरी कार्यलय धरानले जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी सञ्जय सिंह थापाको रोहवरमा सार्वजनिक गरेको हाे ।

प्रहरीले हत्यारा आरोपीलाई पाँच दिनपछि पक्राउ गरी सार्वजनिक गरेकाे हाे । प्रहरीकाअनुसार पक्राउ परेका पुरुष धनकुटाको पाख्रिबास नगरपालिका-६ फलाँटे घर भएका २४ बर्षिय दिनेश राना मगर रहेका छन् ।

एसपी थापाका अनुसार होटलमा महिलाको हत्या गरी फरार रहेका राना मगरलाई खोजी गर्नेक्रममा शनिवार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको उनको ससुरालीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा फरार रहेका राना मगरलाई पक्राउ गरिएकाे हाे । पक्राउ परेका दिनेश पनि विवाहित रहेको बताइएको छ ।

प्रहरीका अनुसार केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गरेको र सोही समयमा इटहरी-५ तुलसा टोल बस्दै आएकी मृतक सुमित्रा तामाङसँग भेट भएको थियो । सो क्रममा उनीहरू बिच प्रेम सम्बन्ध कायम हुन पुगेको थियो । दिनेश पछिल्लो समय ह्याभी इकुपमेन्टको सह चालक बनेर तीन चार महिनादेखि भोजपुर बस्न थालेका थिए । यो बिचमा उनीहरूको सम्बन्धमा खटपट भएपछि होटलमा हत्या गर्न पुगेको प्रहरीको प्रारम्भिक बयानमा बताएको जानकारी दिइयाे । उनले हत्या गरेकाे स्वीकार गरेका छन् ।

गत मंगलबार धरान-१८ बुद्धचौक स्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ठ हाउसमा पाँचथरको मिक्लाजुङ-१ की ३९ वर्षीय सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । मृतकको शवको पहिचान उनकै छोराछोरीले गरेका थिए ।  

उनका श्रीमान् पूर्व भारतीय सेना रहेको र हाल ब्रुनाईमा कार्यरत रहेको बताइएको छ । उनी इटहरी उपमहानगरपालिका ५ तुलसा टोलमा विगत चार पाँच वर्षदेखि बसोबास गर्दै आएका थिए ।













0 प्रतिकृया