Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


साँफेबगरमा घरघर पुगेर गर्भवतीलाई कोसेली

एक्सन खबर
फागुन, २३, २०७८


साँफेबगरमा घरघर पुगेर गर्भवतीलाई कोसेली

कल्पना बोहरा
अछाम । साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएकाे छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई काेसेली दिएकी छन् ।  १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई काेसेली दिइएकाे हाे ।

उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र  एक प्याकेट नुन दिइएकाे हाे ।

गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको साँफेबगर नगरपालिका-४ मष्टमाडाैंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएकाे उनकाे भनाइ छ ।













0 प्रतिकृया