Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


सुतिरहेकाे ठाउँमा एकै घरका पाँचजना मृत फेला

एक्सन खबर
फागुन, २३, २०७८


सुतिरहेकाे ठाउँमा एकै घरका पाँचजना मृत फेला

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका चारजना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए । एकजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, २२ वर्षीय छोरा सुभाष स्याङताङ, २२ वर्षीया बुहारी सुष्मा स्याङताङ, नौ वर्षीय आशिष स्याङताङ र दुई दिनको नवजात शिशु छन्। नवजात शिशुकाे पाटन अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएकाे हाे ।

दुईजनाको पाटन अस्पतालमा उपचार भइरहेको र घटनाबारे विस्तृत विवरण बुझ्ने काम भइरहेको कोन्ज्योसोम गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाले जानकारी दिइन् । घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनास्थलमा काेइला बालेकाे पाइएकाेले सबैको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।













0 प्रतिकृया