धरानमा करेन्ट लागेर एक जनाको मृत्यु
एक्सन खबर
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णपथमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् ।
हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा खस्दा घाइते भएका उनको उपचारारार्थ वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हाे । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
उता मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका सम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आज दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
0 प्रतिकृया