नाबालिगकाे चरित्र हत्या गरेकाे आरोपमा युट्युवर र फेसवुक प्रयाेगकर्ता पक्राउ
एक्सन खबर
काठमाडौँ । नायक पश शाहकाे केसमा नाबालिगको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुइ जनालाई पक्राउ गरेकाे छ । साइबर ब्यूराेले युट्युबमा पलकाे पक्ष लिएर नाबालिगकाे चरित्र हत्या गर्ने राहुल थापा र फेसवुकमा चरित्र हत्या गर्ने दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको हाे।
प्रहरीकाे साइबर व्यूराेका अनुसार दुवै विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने म्याद लिइएकाे छ ।
ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले अभिनेता पल शाह नाबालिगको बलात्कारको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालका प्रयोगकर्ता र अझ विशेष युट्युवरहरुले पीडितको गोपनीयता उलङ्घन गर्दै सामाग्रीहरू प्रसारण गरेकाे बताए ।
ब्युरोका अनुसार थापा सेलेब्स नेपाल नामक युट्युबका सञ्चालक हुन्। उनले नाबालिग पीडितको मानमर्दन हुने सामाग्री प्रकाशन गरेको प्रहरीको जिकीर छ । यता महर्जनमाथि नाबालिगको अश्लील तस्बिर तथा स्ट्याटस फेसबुकमा अपलोड गरेर नाबालिगको चरित्र हत्या गरेको आरोप लगाइएको छ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नायक पलको पक्षमा उभिँदै पीडित नाबालिगकाको चरित्र हत्यामा सक्रिय भएका थिए। पल शाह केसमा प्रहरीले आधा दर्जन युट्युबरहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
0 प्रतिकृया