अन्तराष्ट्रिय नारी दिवसका अवसरमा ख्रीष्टियन महासंघको महिला विभागद्वारा कार्यक्रम
एक्सन खबर
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको केन्द्रीय महिला विभागद्वारा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विशेष शुभकामना आदान-प्रदान कार्यक्रम गरिएकाे छ ।
प्रज्ञाभवन कमलादीमा भएकाे कार्यक्रममा प्रमुख अतिथीमा संविधान सभाको सदस्य तथा नेकपा माओवादी केन्द्रीय सदस्य अञ्जना चौधरीले नेपाली नारी लगायत सम्पूर्ण नारीहरुमा सुखःशान्ति, सुस्वास्थ्य, समृद्धि एवम् उत्तराेत्तर उन्नति प्रगतीको कामना गर्दै शुभकामना मन्तब्य दिइन् ।
त्यसैगरि सामाजिक एकता पार्टीका अध्यक्ष सी.बी. गहतराज, आशा होप नेपालका संस्थापक तथा निर्देशक बिमला थापा, दि राइज एण्ड साइन नेपालको कार्यकारी निर्देशक सबिना चाम्लिङ, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, सामाजिक एकता पार्टीको उपाध्यक्ष पा. अष्टमाया लामा, आइ.एन.एन.का राष्ट्रिय संयोजक उमा मगर, महासंघको काठमाडौं जिल्ला महिला बिभाग अध्यक्ष पा. शालु मोक्तान लगाएतका अतिथिहरुले नारी दिवसको शुभकामना दिएका थिए ।
महासंघका सहअध्यक्ष तथा केन्द्रीय महिला विभाग प्रमुख डोमा राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्री र सामाजिक एकता पार्टीका अध्यक्ष सी.बी. गहतराजको विशिष्ठ आतिथिमा रहेका थिए ।
कार्यक्रममा विभिन्न मण्डलीका पाष्टरहरु, अगुवाहरु, सदस्य, दिदीबहिनीहरु, विभिन्न पार्टीका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रमुख, महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
0 प्रतिकृया