Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


सबैखाले महिला हिंसा समाप्त पार्न सबै लाग्नुपर्छ’ भगवती चौधरी

एक्सन खबर
फागुन, २४, २०७८


सबैखाले महिला हिंसा समाप्त पार्न सबै लाग्नुपर्छ’ भगवती चौधरी

दुहवी । महिलालाई आत्मनिर्भर बनाए घरेलु हिंसा कम हुने नेकपा एमालेकी नेतृ भगवती चौधरीले बताएकी छन् । समाजमा व्याप्त परम्परागत महिला हिंसा तथा विभेदहरु कम गर्न महिलालाई आत्मनिर्भरता तर्फ अग्रसर गराउनु पर्ने चौधरीले बताइन् ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था तथा ग्रामिण महिला उत्सुकता विकास मञ्च लगायत महिला संगठन र संस्थाद्वारा संयुक्त रुपमा सुनसरीको दुहवीमा आयोजित ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बोल्दै नेतृ चौधरीले समाजमा व्याप्त सबै खाले महिला हिंसा समाप्त पार्न सबै क्षेत्र, समुदाय लाग्नुपर्ने पनि बताइन् । ‘महिला हिंसाका धेरै कारणहरु हुन्छन् । कुनै एउटा क्षेत्र, वर्ग र समुदायले मात्र यसलाई हल गर्न सक्दैन, घरपरिवार, समाज र राष्ट्र नै लाग्नुपर्दछ ।’ चौधरीले भनिन् ।



महिलालाई आर्थिक क्षेत्रमा अगाडी बढाएर उद्यमशिल बनाउँदा घरेलु हिंसा कम हुने तथा समुन्नत समाज निर्माणमा पनि उत्तिकै योगदान पुग्ने चर्चा गर्दै पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीले चुल्होचौकामा सिमित महिलालाई पनि आर्थिक शसक्तिकरणको अभियानमा जोडिन आब्हान गरिन् । ‘महिलाहरुले पनि आफुमा रहेको सिप र क्षमतालाई उजागर गर्न प्रयत्न गर्नुपर्छ । पुरुषको भरमा मात्र बस्नु हुँदैन । परम्परागत सिपलाई व्यवसायीकरण गरेर अगाडी बढ्ने जमर्को गर्नुपर्दछ ।’


आफुले विगत २ दशकदेखि महिला आर्थिक शसक्तिकरणको अभियान चलाईरहेको प्रसंग निकाल्दै चौधरीले ग्रामिण महिला उत्सुकता विकास मञ्चले महिलाहरुमा रहेको सिप र क्षमतालाई अभिबृद्धि गर्दै व्यवसायिकरण गर्न टेवा दिएको तथा फरवार्ड माइक्रोफाइनान्सले गाउँगाउँमा महिलाहरु माझ लघुउद्यम पुर्याएर महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताइन् ।


फरवार्ड सुपरमार्केटमा आयोजित संयुक्त कार्यक्रममा अनेमसंघ सुनसरी क्षेत्र नं. ३, दुहबी नगर महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, मनोकामना स्वयं सहायता समुह तथा नेपाल कुष्ट रोग संगतिकोसमेत सहभागीता रहेको थियो ।

कार्यक्रममा विभिन्न खेल तथा हाजिरीजवाफ प्रतियोगिताहरु पनि नगरिएको थियो । यसवर्ष ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको नारा ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने रहेको थियो ।

-->











0 प्रतिकृया