Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


गायक यासेली योङ्‌हाङलाई सम्मान

एक्सन खबर
फागुन, २५, २०७८


गायक यासेली योङ्‌हाङलाई सम्मान

धरान । चक्रबहादुर पालुङ्वा फाउन्डेसनले गित संगीतमा योगदान पुर्याएको भन्दै गितकार तथा गायक यासेली योङ्‌हाङलाई सम्मानित गर्नुका साथै नगद  २० हजार ५ रुपैया नगद पुरस्कार प्रदान  गरेको छ ।

फाउण्डेशनले योङ्हाङलाई सम्मान गर्नुका साथै धरान ८ स्थित ल्याबोटरी उच्च माबिका कक्षा १२ मा अध्यनरत बिद्यार्थी रोमन थापा मगरलाई समेत छात्रबृत्ति प्रदान गरिएकाे छ । उनी अघिल्लो बर्ष ११ मा समेत छात्रबृत्ति पाएका विद्यार्थी हुन् ।

उनैको पढाईमा थप सहयोग मिलोस भन्ने उद्देश्यले सो छात्रवृत्ति प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । उनलाई दिईएको छात्रवृत्ति रकम १३ हजार पाँच् रहेको छ । त्यस्तै ढाडको समस्या भई उपचारत खोटाङ हलेसी निवासी ७२ बर्षिया गुरुपती भट्टराईकाे स्वास्थ्याेपचारमा सहयोग होस भन्न्ने अभिप्रायले नगद पाँच हजार पाँच रुपैया सहयोग गरिएको छ ।



मास्टर स्वर्गीय चक्रबहादुर पालुङ्वाको ८८ औं जन्मजयन्तीका अवसरमा  बुधबार आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रममा मदन पुरस्कार बिजेता भगिराज इङ्नाम, स्व.चक्रबहादुरकी श्रीमति विष्णु  पालुङ्वा, फाउन्डेसनका अध्यक्ष डा.योगेन्द्र पालुङ्वाले कलाकार  योङ्हाङलाई नगद २० हजार पाँच, दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए  । भने, कार्यक्रममा प्रा.डा.टंकप्रसाद न्यौपाने  लगायतका अतिथिहरुले सम्मान तथा छात्रवृत्ति प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै  प्रमुख अतिथी भगिराज इङ्नामले चक्रबहादुर एक सफल छोरा र सफल पिता बन्न सकेको बताउँदै प्रशंसा गरेका थिए । पत्रकार हर्ष सुब्बा र अन्य अतिथिहरुले स्व.चक्रबहादुरको योगदानको चर्चा गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष तथा चक्रबहादुरका छोरा डा.योगेन्द्र पालुङ्वाले आफ्ना बुवाले समाजमा गरेका काम पछ्याउँदै उहाँको नाममा फाउन्डेसन खोलेर सामाजिक कार्य गरेको बताए ।













0 प्रतिकृया