Follow us:


Follow us

८ कार्तिक २०८३, शनिवार
८ कार्तिक २०८३, शनिवार


संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

एक्सन खबर
फागुन, २६, २०७८


संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार बिहान साँढे सात बजे मादी–६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएपी सुवेदीले बताएका छन् ।


तस्विरः रेडियाे संखुवासभा













0 प्रतिकृया