Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

एक्सन खबर
फागुन, २६, २०७८


संखुवासभा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, पाँच घाइते

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार बिहान साँढे सात बजे मादी–६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुकाे पहिचान खुल्न सकेकाे छैन ।

बस सडकबाट करिब ३ सय मिटर तल खसेको संखुवासभा प्रहरी प्रमुख डिएपी सुवेदीले बताएका छन् ।


तस्विरः रेडियाे संखुवासभा













0 प्रतिकृया