Follow us:


Follow us

९ असार २०८३, मङ्गलवार
९ असार २०८३, मङ्गलवार


अबैध औषधी सहित ३ जना पक्राउ

एक्सन खबर
फागुन, २६, २०७८


अबैध औषधी सहित ३ जना पक्राउ

सुनसरी । सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ सालवन्दी-२ का २१ बर्षीय अर्जुन कार्की, सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान ‍१५ मिलन चोकका-१९ बर्षीय अमन गुरुङ रहेका छन् ।

कार्की र श्रेष्ठलाई बुधबार  प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १-०२ ००३ ह ३६३७ नम्बरको अटो  चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल  १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६  क्याप्सुल सहित पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेन सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।













0 प्रतिकृया