‘अय्यप्पनम कोशियुम’ काे हिन्दी रिमेक निर्माण स्थगित
एक्सन खबर
काठमाडौं
। मलयालमको हिट फिल्म ‘अय्यप्पनम कोशियुम’को हिन्दी रिमेकका विषयमा केही
समयदेखि सामाजिक सञ्जालमा व्यापक चर्चा थियो । फिल्मका लागि कलाकार फाइनल
भइसकेको र चाँडै सुटिङमा जाने तयारी रहेको जानकारी निर्माण पक्षले
मिडियामाझ दिइसकेका थिए । तर अब यो तयारी केवल तयारीमा मात्र सीमित भएको छ ।
समाचारअनुसार
अर्जुन कपूर र जोन अब्राहमको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको हालका
लागि निर्माणको काम बन्द गरिएको छ । फिल्मका निर्देशक जगन शक्तिले यो बन्द
गर्नका लागि कैयौं कारण दिएका छन् । उनले अभिनेता जोन हाल शाहरुख खानको
फिल्म ‘पठान’मा व्यस्त हुनु र अर्जुन पनि कैयौं काममा व्यस्त भएकाले
उनीहरुले समय दिन नसक्नुलाई प्रमुख कारण मानेका छन् ।
हालैमात्र
हरेक स्थानमा छाएको साउथ सुपरस्टार पवन कल्याणको फिल्म ‘भीमला नायक’ सन्
२०२० को मलयालम हिट फिल्म ‘अय्यप्पन कोशियुम’को तेलुगु भर्सन हो । मलयालम
भर्सनमा पृथ्वीराज र बीजू मेनन प्रमुख भूमिकामा छन् ।
0 प्रतिकृया