Follow us:


Follow us

९ कार्तिक २०८३, आइतवार
९ कार्तिक २०८३, आइतवार


इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट १११३ जना लाभान्वित

एक्सन खबर
फागुन, २८, २०७८


इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविरबाट १११३ जना लाभान्वित

काठमाडौं । काठमाडौं महानगरपालिका–२१ इकुबहालमा शुक्रबार निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । मेधा नेपालसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा १११३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा १६८ जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्सरे र ८८ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्या भएका ३९ जनाको दाँत खोलिएको छ ।  शिविरमा उपचार सम्भव नभएका ३१ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले बिहीवार काठमाडौंको काँडाघारीमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । डा.सुनिल शर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको केएमसीले बिभिन्न जिल्लामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्क उपचार गर्दै आएको छ ।
















0 प्रतिकृया