Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेशनल मेडिकल कलेजका अध्यक्षको सुपुत्रीको विवाह भाेजमा ओली सहभागी

एक्सन खबर


नेशनल मेडिकल कलेजका अध्यक्षको सुपुत्रीको विवाह भाेजमा ओली सहभागी

विरगञ्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेशनल मेडिकल कलेज विरगञ्जका अध्यक्ष प्रोफेसर डाक्टर जैनुद्विन अन्सारीको सुपुत्री तथा नेशनल मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीका भतिजीको वैवाहिक कार्यक्रममा सहभागी भएका छन् ।

आज पर्सामा आयोजित वैवाहिक समारोहमा अध्यक्ष ओली सहभागी भएका हुन् । बैवाहिक समारोहमा सहभागी हुँदै अध्यक्ष ओलीले बरबधुलाई आर्शिवाद प्रदान गरेका थिए । भने, साथै समारोहमा सहभागीहरु माझ पार्टी अध्यक्ष ओलीले समसामयिक तथा राजनीतिक विषयमा भलाकुसारी समेत गर्न भ्याएका थिए ।



ओलीले आजै वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई पार्टीमा प्रवेश पनि गराएका छन् । मेयर सरावगी जनता समाजवादी पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् ।

सरावगीसँगै वीरगन्ज महानगरपालिका वडा नं १४ का अध्यक्ष भरत कुर्मी र वडा नं २५ का अध्यक्ष विश्वराज राउत कुर्मी पनि एमालेमा प्रवेश गरे । भने, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य बाबुराम कौशिकलाई पनि पार्टी प्रवेश गराएका छन् ।

यस्तै ओलीले आजै बाराको जयनगर चिउँटाहामा आयोजित कार्यक्रममा आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारी सहित जनप्रतिनिधिहरुलाई समेत पार्टी प्रवेश गराएका छन् ।
 













0 प्रतिकृया