Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउन आग्रह

एक्सन खबर
फागुन, २९, २०७८


सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउन आग्रह

कतार । सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानी सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएकाे छ । नेपाली राजदूतावास कतार र गैर आवासीय नेपाली संघ परिषदको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ कतारको समन्वयमा कार्यक्रम भएको थियो ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्ष्टाग्राम लगायत चलाउने क्रममा अपनाउनुपर्ने सावधानीका बारेमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक राजदुत लक्ष्मण खनालले हामीले गरेका मनोरञ्जनका कार्यले त्यहाँको वातावरणमा असर पर्ने खालको कृयाकलाप नगर्न आग्रह गरे ।  साथै सामाजिक सञ्जाल चलाउँदा नियम विपरित कार्य गर्नेलाई हुने कानुनी कार्बाहिको बारेमा पनि जानकारी गराए ।

नेपाली राजदूतावासका प्रबिन भट्टराईले सामाजिक सञ्जाललाई दुरुपयोग नगरी सदुपयोग गर्न आग्रह गरे । सामाजिक सञ्जाल चलाउने क्रममा कतारमा बढदो बिक्रितिलाई कम गर्न एउटा टिम बनाएर अघि बढेमा मात्रै कार्यक्रमको उद्देश्य पुरा हुने बताए । मोहम्मद मुफ्तदाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने पदम गिरीले गरेका थिए ।













0 प्रतिकृया