Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


१८ महिने नाबालिका बलात्कारपछि हत्या, घरबाटै उठाएका थिए यी दुइले

एक्सन खबर
फागुन, २९, २०७८


१८ महिने नाबालिका बलात्कारपछि हत्या, घरबाटै उठाएका थिए यी दुइले

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका-७ मा एक डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको छ । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूले घरमा कोही नभएको मौकामा घरबाटै बोकेर झाडीमा लगेर बलात्कार गरेका थिए । बलात्कार गरेर झाडीमा फालेर फरार भएका थिए ।

२७ फागुनको बेलुका साढे ५ बजेतिर घरबाट हराएकी ती नाबालिका साढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि नोबेल अस्पताल लगिएको थियो । उपचारमा क्रममा राति साढे १२ बजेतिर उनको मृत्यु भएको थियो ।

पक्राउ परेका दुवैजनाले ललाईफकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी दिए । घटनामा संलग्न दुवैजनालाई प्रहरीले १२ घन्टाभित्रै पक्राउ गर्न सफल भएको हो । उनीहरूले बलात्कारपछि नाबालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

झाडीमा फेला पार्दा उनी रगताम्य अवस्थामा थिइन् । यौनांग रक्ताम्य अवस्थामा भेटिएकाे प्रहरीकाे भनाइ छ । अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा जेल सजाय भोगेका थिए । उनी गत मंसिरमा मात्र कैद भुक्तान गरी छुटेका थिए ।













0 प्रतिकृया