इष्ट दुरिजम मार्टकाे तेश्राे संस्करण चैत्र ११ गतेदेखि
एक्सन खबर
सुनसरी । इष्ट दुरिजम मार्टकाे तेश्राे संस्करण हुने भएकाे छ । पूर्वका पर्यटन व्यवसायीले चैत्र ११ गतेदेखि ३ दिने इष्ट टुरिजम मार्ट गर्न लागेका हुन् । कोभिड १९ का कारण थला परेका पर्यटन व्यवसायलाई पुनः जागृत गराउन इष्ट टुरिजम मार्ट २०२२ हुन लागेकाे हाे ।
कोभिडका कारण रोकिएको इष्ट टुरिजम मार्ट यस पटक तीन वर्षपछि आयोजना हुन लागेकोमा याे पल्ट खुल्ला मैदानमा आयोजना हुने आयाेजकले जनाएकाे छ । सन् २०१८ र ०१९ मा प्रेक्षालयमा भएकाे थियाे ।
आम नागरिकहरुमा पर्यटन प्रतिको चासो बढाउन र पर्यटनकर्मीहरुलाई पनि सम्भावित ग्राहकहरुसँगको सम्बन्ध विकास गर्न 'बि टु सि (विजिनेस टु कस्टुमर) का लागि खुल्ला स्थानमा विभिन्न कार्यक्रम गरी मार्ट हुने इष्ट टुरिजम मार्ट आयोजक समितिले जनाएकाे छ ।
धरानको पब्लिक हाइस्कूलको मैदानमा आयोजना हुने कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रवर्द्धन गर्नेछ । धरान नगरपालिकाले संयोजन गर्ने र प्रदेशभरिका नीजि क्षेत्रका व्यवसायीहरुद्वारा गठित इष्ट टुरिजम मार्ट आयोजक समितिले सम्पन्न गर्नेछ । भने, धरान जेसीजले मार्ट अवधिभर सोही मैदानमा जातीय परिकार र होटल मेनेजमेण्ट अध्यापन हुने कलेजहरुको आधुनिक परिकार रहने फुड फेष्टिबल आयोजना गर्नेछ ।
कार्यक्रम अवधिभरि सांस्कृतिक कार्यक्रम समेत हुनेछ । मार्टमा प्रदेशका व्यवसायी प्रदेश बाहिरका व्यवसायी लगायतका एक सय स्टल रहनेछन् । मार्टमा यस पटक भारतीय पर्यटन व्यवसायी तथा प्रदेश बाहिरका नेपाली पर्यटन व्यवसायी गरेर करिब दुई सय पाहुना आउने तय भएको छ ।
0 प्रतिकृया