Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


स्कुलको जग्गा व्यक्तिलाई दिलाउने २० जनाविरुद्ध आयोगद्वारा मुद्दा दायर

एक्सन खबर
फागुन, ३०, २०७८


स्कुलको जग्गा व्यक्तिलाई दिलाउने २० जनाविरुद्ध आयोगद्वारा मुद्दा दायर

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राविको जग्गा गैरकानुनी रूपमा बिक्री वितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष घनश्याम बानियाँसहित २० जनाविरुद्व मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

तत्कालीन विद्यालय व्यवस्थापन समितिले निर्णय गरी विभिन्न व्यक्तिहरुलाई घरसारको कागज बनाई सार्वजनिक जग्गा गैरकानुनीरुपमा बिक्री वितरण गरेको खुलेको अख्तियारले उल्लेख गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको २०५१ वैशाख ११ गतेको निर्णयले सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैंले घडेरी नम्बर कायम गरी सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनीरुपमा भोगचलन गर्नेगरी बिक्री गरेको पाइएको अख्तियारले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी, सदस्यहरु घनश्याम बानियाँ, हरि कुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने कसूर गरेको अख्तियारले जनाएको छ ।













0 प्रतिकृया