Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


आज नेपाल र साउदी अरवबीच द्विपक्षीय बैठक

एक्सन खबर
चैत, १, २०७८


आज नेपाल र साउदी अरवबीच द्विपक्षीय बैठक

काठमाडौं । नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दैछ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९:१५ बजे बैठक सुरु हुने जनाइएको छ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नेछन् भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नेछन् ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र  मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रीमेन्टमा हस्ताक्षर हुने जनाइएको छ।

बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौं आइपुगेका हुन् । उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिस्टाचार भेट गर्नेछन् ।  













0 प्रतिकृया