म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो
एक्सन खबर
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ ।
अंक बाडेसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसंग दूरी बढाउने अवसर गुमाएको छ । प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो ।
बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ ।
0 प्रतिकृया