Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


मार्काेला माथिमा रियलको सहज जित

एक्सन खबर
चैत, १, २०७८


मार्काेला माथिमा रियलको सहज जित

काठमाडौं । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसँगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ । पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ ।

बार्सिलाेना ५१ अंकका साथ लिगकाे तेश्राे स्थानमा छ भने, चाैथाे स्थानमा समान अंकका साथ एथ्लेटिकाे रहेकाे छ ।













0 प्रतिकृया