Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


पिकअपको ठक्करबाट रौतहटमा २ युवकको मृत्यु, २ प्रहरी घाइते

एक्सन खबर
चैत, ३, २०७८


पिकअपको ठक्करबाट रौतहटमा २ युवकको मृत्यु, २ प्रहरी घाइते

रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ । ठक्करबाट  एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको  स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन । असई यादवको गरुडास्थित सामुदायिक अस्पताल र जवान अन्सारीको बिरगञ्जमा उपचार भैरहेको डिएसपी भण्डारीले बताएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका  कुन्दन पाण्दे पक्राउ परेका छन् । मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानै देखि प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई बैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यसैबीच केही स्थानीयले उक्त घटनामा एमाले केन्द्रिय सदस्य तथा निबर्तमान सांसद कुन्दन कुश्वाहाको नाम जोडेर सामाजिक सञ्जालमा राखेपछि कुश्वाहाले आपत्ति जनाउँदै जथाभावी चरीत्र हत्या गर्नेलाई कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।













0 प्रतिकृया