Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


उपत्यकामा ट्राफिक चेकजाँच कडा, मापसे गर्नेहरू निशानामा (फोटो फिचर)

एक्सन खबर
चैत, ३, २०७८


उपत्यकामा ट्राफिक चेकजाँच कडा, मापसे गर्नेहरू निशानामा (फोटो फिचर)

काठमाडौं । फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी समेत भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले जानकारी दिए ।

सातदोबाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको उनले बताए । सवारीसाधन चेकजाँचका लागि उपत्यकामा एक हजार तीन सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

ट्राफिक प्रहरीले अहिलेसम्म लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका एक सय ७० वटा सवारी साधनलाई होल्डमा राखेको छ । तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारीलाई दिनभर होल्ड गरेर साँझतिर छोडिनेछ ।

गत वर्ष होलीको दिन मात्रै ४७ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । यो वर्ष सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको प्रवक्ता शर्माकाे भनाइ छ ।























0 प्रतिकृया